हुस्सु र शीतलहरले तराईको जनजीवन कष्टकर

बाक्लो हुस्सु र शीतलहरका कारण तराईका अधिकांश जिल्लाको जनजीवन जनजीवन प्रभावित भएको छ। आज बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण तराईको जनजीवन प्रभावित भएको हो । 

धनुषालगायतका क्षेत्रमा आइतबारसम्म बिहान बेलुका कुहिरो र चिसो लाग्ने र दिउँसो पारिलो घाम लाग्ने गरेको भए पनि आज बिहानदेखि बाक्लो हुस्सु र चिसो बढेको छ । बाक्लो हुस्सु र शीतलहर बढेपछि बालबालिका, जेष्ठ नागरिक, सुत्केरी, गर्भवती, विपन्न, सडक र हवाई यातायात प्रभावित भएका छन् ।

विपन्न परिवार आगो तापेर तथा परालको भरमा चिसो काट्न बाध्य छन् । परालकै आगो ताप्ने र परालकै ओछ्यान बनाएर चिसोबाट जोगिने प्रयास गरिरहेका छन् ।  

जिल्लाको मिथिला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाले भने सर्वसाधारण तथा बटुवालाई आगो ताप्ने व्यवस्था मिलाएका छन् । यी दुबै स्थानीय तहले विपन्न बस्तीमा दाउरा वितरण तथा चोक–चोकमा आगो बालेका छन् । 

यस्तै, बाक्लो हुस्सु र शीतलहरका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित भएका छन् । अन्य दिन बाक्लो चाप देखिने पूर्व–पश्चिम राजमार्गमा छिटपुट सवारीसाधन गुडेका छन् । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १३:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया