माओवादी लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा
फरकधार / १८ पुस, २०७९

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।



सोमबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बैठकले महरालाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालगायतको रोहबरमा महरालाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । 



महरा रोल्पा–१ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।  



  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १४:२२:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया