माधव नेपालले भने - सत्तारूढ गठबन्धनमा सामेल हुन सकिँदैन
फरकधार / १८ पुस, २०७९
फाइल तस्बिर

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सामेल नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सामेल हुन आग्रह गरिरहेका बेला उनको यस्तो अडान सार्वजनिक भएको हो।



सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक गरिरहेको उल्लेख गर्दै  कुनै पनि शक्तिको पछि लाग्ने पक्षमा नरहेको बताए  । उनले भने - ‘देशको राजनीतिक आफ्नै जटिलताहरू छन् । हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ। हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ,’ 

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरूको प्रयास असफल भएपछि नयाँ पार्टी खोलेर अघि बढ्नुपरेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।



नेकपा एसले वर्तमान सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न बोलाएको पोलिटब्युरो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ ।



यसअघि  एकीकृत समाजवादीको शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा धारणा राख्ने केही सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए भने केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्ने बताएका थिए ।  

  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १४:२९:९,   अन्तिम अपडेट : पुस १८, २०७९ साेमबार १४:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया