उपमेयर डंगोलले भनिन् - जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ बन्दैन
फाइल तस्बिर


काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ नबनाइने बताएकी छन्। सोमबार अकुपाई टुँडिखेल अभियानले टुँडिखेलमा भूमिगत पार्किङ बनाउन नहुने मागसहित बुझाएको ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले स्थानीयवासीको सुझावबिना कुनै काम अघि नबढाइने बताइन् ।

उनले अन्डरग्राउन्ड पार्किङ टुँडिखेलमा आवश्यक हो वा होइन भन्नेबारेमा स्थानीयवासीको सुझाव लिएर मात्रै काम अघि बढाइने आश्वासन दिएकी छिन्। धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अन्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नपर्ने उनको भनाइ छ।

उनले धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने भूमिगत पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नरहेको बताइन् । टुँडिखेल ऐतिहासिक एवं सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेकाले संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको थियो। हाल महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ ।

आज मात्रै स्थानीयले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।  टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका सम्पदाप्रेमीहरुले प्रदर्शन गरेका हुन् । टुँडिखेललाई पूर्ववत अवस्थामा फर्काउनु पर्ने उनीहरुको माग छ । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १४:५१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया