मोदी सरकारको नोटबन्दी निर्णय सर्वोच्च अदालतद्वारा सदर

भारतको सर्वोच्च अदालतले सोमबार एक हजार र पाँच सय दरका नोटमाथि सरकारले गरेको निलम्बनलाई सदर गरेको छ ।

पाँच सदस्यीय इजलासका चारजना न्यायाधीशहरूले केन्द्र सरकारले सन् २०१६  मा उक्त दरका नोट खारेज गर्ने अभ्यासको पक्षमा फैसला गरेका हुन् । इजलासका अर्का सदस्य न्यायाधीश बीवी नागरथनाले भने असहमति जनाएकी थिइन् ।

समानुपातिकताको आधारमा विमुद्रीकरण अभ्यासलाई रोक्न नसकिने अदालतकाे ठहर छ । सरकारको उक्त निर्णय आर्थिक नीति भएकोले उल्ट्याउन नसकिने अदालतको  आदेशमा उल्लेख छ । 

निलम्बनविरुद्ध अदालतमा उजुरी परेको थियो । सरकारले नाेटबन्दीकाे सान्दर्भिकता पुष्टि गरे नगरेकाे भने प्रष्ट हुन सकेकाे छैन् । 

कालोधन र राजस्वछली नियन्त्रण गर्न भन्दै  मोदी सरकारले  ५०० र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो ।





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १५:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया