आहा-रारा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

पोखरामा जारी २२औं आहा-रारा गोल्डकपमा संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे ।

सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ ।

संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । 

१५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । १४ औं मिनेटमा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

त्यसपछि ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान सुनिल बलको असिस्टमा गोल गरेका हुन् ।

खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किँदा सुरजले सुन्दर फिनिसिङ दिए ।



खेलको अन्तिम समयमा स्टेफन बिनोङले गोल थप्दै संकटाको जित निश्चित गरे । मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा बिनोङले गोल गरे । पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।

आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आउँदा संकटा र आर्मी दोस्रो पटक मैदानमा भिडेका हुन् । यसअघि ०७६ को क्वार्टरफाइनलमा आर्मीले संकटालाई ३–० ले हराएको थियो ।



  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १७:२२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया