प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग बाबुराम भट्टराईकाे भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएकाे छ । 

११औं गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्न गोरखा उद्योग वाणिज्य संघको टोलीसँगै बाबुराम बालुवाटार पुगेका हुन्। संघको टोलीले प्रधानमन्त्री दाहाललाई महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो।

प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिएको बताइएको छ। सं२ले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ।

प्रधानमन्त्रीलाई संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिएका थिए। प्रचण्ड गोरखा क्षेत्र नं २ बाट प्रतिनिभिसभा सदस्यमा निर्वाचित भएका थिए।

आजै बाबुरामले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्। ओली निवास बालकोटमा भएको भेटमा सत्ता गठबन्धन र वर्तमान राजनीतिक परिदृश्यबारे पनि छलफल भएको नेकपा समाजवादी पार्टीले जनाएकाे छ ।

 



 



  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १८:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया