ओली-भट्टराई भेटवार्ता, के भयाे कुराकानी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । 

सोमबार ओलीलाई भेट् अध्यक्ष भट्टराई बालकोट पुगेका थिए ।
दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । 

नेसपाले मंसिर ४ को निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट लडेको थियो । नेसपा अध्यक्ष भट्टराई प्रचण्डसँग पछिल्लो समय नजिक भएका छन् ।





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १८:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया