कुटपिटको घटनामा संलग्न रत्नराज्यलक्ष्मी क्याम्पसका तीन विद्यार्थी निष्कासित
फरकधार / १८ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसले कुटपिटको घटनामा संलग्न तीनजना विद्यार्थीलाई निष्कासन गरेको छ । रत्नराज्‍य लक्ष्मी क्‍याम्पस प्रशासनले विज्ञप्ति जारी गर्दै उनीहरुलाई निष्कासन गरेको जानकारी दिएको हो ।



पढाइ भइरहेको समयमा क्‍याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्‍दै उनीहरुलाई निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ । निष्कासित हुनेमा विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङ रहेका छन् ।



क्‍याम्पसभित्र हिंसात्मक गतिविधि गरेको र शैक्षिक वातारणमा खलल पुर्‍याएकाले निष्कासन गरेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीको भनाइ छ । क्याम्पस प्रमुख ज्ञवालीका अनुसार उनीहरुमाथि कानुनी कारबाही पनि अघि बढाइएको छ । 









  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार २०:३४:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया