शीतलहरका कारण महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । अत्यधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तहले धमाधम बिदा दिन थालेका हुन् ।
जिल्ला शिक्षा समन्वय एकाइका अनुसार अहिलेसम्म जिल्लाका सात पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ । बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरी सात पालिका छन् ।
जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेबाट बिदा दिने त्याहाको शिक्षा साखाले जानकारी दियो । सोमबारदेखि बाक्लो हुस्सुलागेर अत्यधिक चिसो बढेपछि अन्य पालिकाले पनि बिदाको तयारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।