उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमै कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही हुने चेतावनी दिएका छन् ।
सोमबार सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा उनले कर्मचारी अनिवार्य १० बजे कार्यालय वा मातहतका निकायमा नपुगे कारबाही हुने बताएका हुन् ।
ढिलो आएर काम छल्नेको तलब काटिने मन्त्री श्रेष्ठको भनाइ छ । विशेष कारण परेका बेला भने कहिलेकाहीँ छुट दिइने उनले बताए ।
यस्तै, मन्त्री श्रेष्ठले मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गर्ने र बैठकमा उनीहरूको कुरा सुन्ने व्यवस्था मिलाइएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।