आसन्न संस्करणको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका २ माघमा सार्वजनिक हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरूबीच सोमबार बसेको बैठकले २ माघमा खेल तालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।
एन्फाले २२ पुससम्म क्लब दर्ताका लागि समय दिएको छ । १५ माघसम्म क्लबले क्लब लाइसेन्सको मापदण्ड पूरा गर्नुपर्ने, २४ पुसबाट खेलाडी दर्ता खुला हुने र २९ माघसम्म क्लबले कम्तिमा २० खेलाडी दर्ता गर्नु एन्फाले जनाएको छ । लिग १९ फागुनबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुने एन्फाले जनाएको छ ।
यसपटकको लिग विजेताले ७५ लाख रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेता टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।