काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार बेलुका सवा ८ बजे बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा सप्तरीका १९ वर्षीय सोयतकुमार साहको मृत्यु भएको हो ।
मोटरसाइक्ल चालक साहको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।