यातायात कार्यालयको निरीक्षणपछि मन्त्री श्रेष्ठले भने - डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिन्छौँ

उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले कार्यालय प्रमुखलाई सेवाग्राहीलाई छिटो र छरितोरूपमा सेवा दिन निर्देशन दिए । कार्यालय निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले कामकारबाहीलाई डिजिटलाइजेसन गरी सेवाग्राहीलाई सुविधा दिने बताए ।  

‘सेवाग्राहीले पीडा पाएका छन्, बिहानदेखि आएर पनि काम भएको छैन, यहीँ आएर पेसा बुझाउन आएका छन्, अहिलेको नयाँ युगमा पनि । यी सबैलाई सम्बोधन गर्न नयाँ सुधार कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘सेवाग्राहीको पीडा पनि देखेँ, कर्मचारीको मनोबल, सम्मान र प्रतिष्ठा उच्च बनाएर जिम्मेवारीबोध गराउन चाहन्छु, सुशासन पहिलो र समयमै काम गर्न गरी कार्ययोजना ल्याउँछौँ ।’ 
 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १३:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया