कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् ।

सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

लेखक ४ मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १३:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया