एकीकृत समाजवादी सरकारमा जाने नजाने निर्णय केन्द्रीय सचिवालयले गर्ने

नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले मंगलबार बसेको पोलिटब्यूरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । 

उनले आज बसेको बैठकले दुई वटा निर्णय गरेको पनि बताए । पहिलो वामपन्थी मतहरूलाई एक ठाउँमा ल्याउने, मोर्चा बन्दी गर्ने, त्यसको केन्द्र भागमा रहेर काम गर्ने विषयमा सधैँभरी कटिबद्ध रहेर काम गर्ने र दोस्रो सरकारमा जाने विषयको निर्णय पनि केन्द्रीय सचिवालयले गर्ने उल्लेख छ ।

केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन् ।





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १५:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया