नेपाल टी–२० लिग : जनकपुर लुम्बिनीसँग ५ रनले पराजित

नेपाल टी–२० प्रिमियर लिग क्रिकेटअन्तर्गत आज मंगलबारको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्सलाई पाँच रनले हराएको छ ।  

लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७३ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि चाडविक वाल्टनले सर्वाधिक ५९ तथा ट्रिभन ग्रिफिथ, सन्दीप जोरा र शराफउद्दिन अशरफले २६/२६ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर र विपुल शर्माले दुई/दुई विकेट लिए । 

यसअघि त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७८ रन बनायाे । लुम्बिनीका लागि हरमीत सिंहले ७३ र लाहिरु मलिन्थाले ३३ रन बनाए । जनकपुरका शराफउद्दिन अशरफले तीन विकेट लिए । 

याे जितसँगै लुम्बिनी आठ खेलमा १४ अंकसहित तालिकाकाे शीर्ष स्थानमा छ । समान खेलमा १० अंक जाेडेकाे जनकपुर दोस्रो स्थानमा छ ।





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १७:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया