नगरपालिकाले ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता नदिएपछि ज्येष्ठ नागरिक आन्दोलित

धनुषाको नगराइन नगरपालिकाका ज्येष्ठ नागरिकहरू आन्दोलित भएका छन् । 

नेपाल सरकारद्वारा ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले ६ महिनादेखि उपलब्ध नगराएकोले उनीहरू बाध्य भएर आन्दोलित भएका हुन् । 

स्थानीय भोला दासको अध्यक्षतामा ज्येष्ठ नागरिक संघर्ष समिति गठन गरी पुस २४ गते आइतबारेदेखि आन्दोलनमा जाने निर्णय गरिएको छ । 

संघर्ष समितिले ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता नगराइन नगरपालिकाले पुस २३ गतेभित्र उपलब्ध नगराए २४ गतेदेखि आन्दोलनमा जाने निर्णय गरेको समितिका उपाध्यक्ष जागेश्वर सादाले बताए । 

ज्येष्ठ नागरिकहरूले ९ सदस्यीय ज्येष्ठ नागरिक संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेका छन् । 

संघर्ष समितिको अध्यक्षमा भोला दास, उपाध्यक्षमा जागेश्वर सादा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा रजाई यादव र सदस्यहरूमा श्री सादा, रामदेव मुखिया, केशवर दास, दशरथ यादव र भुवनेश्वर दासलाई चयन गरिएको छ ।





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १९:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया