सरकारलाई समर्थन दिन एकीकृत समाजवादी आतुर, औपचारिक प्रस्तावको पर्खाइ

नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ। बैठकले यसबारेको जिम्मेवारी सचिवालयलाई दिएको छ।

मंगलबार बसेको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले औपचारिक रूपमा प्रस्ताव आए सरकारलाई समर्थन गर्ने बताए।  

बैठकमा सहभागी एक नेताका अनुसार सो पार्टीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ । 

‘केही कुरामा बार्गेनिङ होला, तर सरकारलाई समर्थन दिने हाम्रो तयारी नै छ,’ ती नेताले भने, ‘सरकारले नै समर्थन मागेन भने त के लाग्यो र ! तर समर्थन मागे हामी दिन्छौँ ।’





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार २०:३३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया