यातायात कार्यालयमा बिचौलियाको अन्त्य गर्न मन्त्री श्रेष्ठको निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकामा रहेका विभिन्न यातायात व्यवस्था कार्यालयको अनुगमन गरेका छन् । 

ती कार्यालय निरीक्षणका क्रममा कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री श्रेष्ठले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनै कमी हुन नहुने बताए । 

श्रेष्ठले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न,  नयाँ लाइसेन्स प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन दिएका थिए । 

ती कार्यालयमा बिचौलियाहरुको बिगबिगी भएको गुनासो आएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले बिचौलियाको अन्त्य र बिचौलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिए ।

गलत काम गर्ने कर्मचारीलाई कडाभन्दा कडा कारबाही र दण्डित गरिने चेतावनी दिँदै श्रेष्ठले कर्मचारीहरूलाई कर्तव्य र दायित्व भुल्न नहुने बताए । 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार २०:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया