त्रिवेणी कप फुटबलको उपाधि चितवन रामपुरलाई

चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि जितेको छ ।

लमजुङको बेसीसहरमा मंगलबार भएको फाइनलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो ।

रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले गोल गरे । सन्दीप श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुके ।

बागमतीका दिब गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसीम राईले गोल गरे ।  दिपेश चाम्लिङ राई र आयुष राना पेनाल्टीमा चुके ।

पेनाल्टी अघि अनिल रानाले १८ औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए ।



तर, सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दै रोड्सलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए ।  सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाए । उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रबिन बस्नेत चुनिएका छन् ।



त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०५० हजार पाएका छन् ।

  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार २१:२४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया