सरकारमा सहभागी हुन जसपाले अघि सार्‍यो तीन सर्त

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुनका लागि तीनवटा सर्त राखेको छ । मंगलबार बसेको जसपा राजनीतिक समितिको बैठकले विभिन्न तीनवटा सर्त राखेको हो । 

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालाई अस्वीकार गर्ने शक्तिहरू सरकारमा सहभागी भएकाले त्यो अवस्थामा यी विषयमा प्रतिकूल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा आएमा सरकारमा सहभागी हुने जसपाको पहिलो सर्त छ ।

संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति नहुने अवस्था देखिएमा पनि सरकारमा सहभागी नहुने जसपाले जनाएको छ ।

शक्ति बाँडफाँट सम्मानजनक नभएको अवस्थामा सरकारमा सहभागी नहुने जसपाको तेस्रो सर्त छ ।    





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ९:१८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया