सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज सुन छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य यस वर्षकै सबैभन्दा बढी हो ।​

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ४ सय रुपैयाँ छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम थियो । 

बुधबार चाँदीको मूल्य भने १० ले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार ११:५९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया