भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । 

भेटका लागि मन्त्रालय पुगेका राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई एंव नयाँ कार्यकालको शुभकामना दिँदै भारत भ्रमणकोसमेत निम्तो दिए ।

भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ । राजदूत श्रीवास्तवले नेपालको विकास निर्माणका लागि अहिलेसम्म भइरहेको भारतीय सहयोग भावी दिनमा पनि कायम रहने उल्लेख गरे ।  





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १२:३२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया