विमलेन्द्र निधि दिल्ली प्रस्थान

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन उनी बुधबार दिउँसो १ बजे दिल्ली प्रस्थान गरेका हुन् ।

भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रिय कांग्रेसका महासचिव स्व. त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ ।

उक्त कार्यक्रममा अर्थराज्यमन्त्री पंकज चौधरी, विशिष्ठ व्यक्तिहरू केसी त्यागी, सुप्रिया, डि राजा, भारत र नेपालका लागि भियतनामका राजदूतलगायत कार्यक्रममा सहभागी हुने छन् । 

त्रिपाठी २०४७ सालमा नेपालमा जनआन्दोलनमा सद्भाव राख्न काठमाडौं आएका थिए । निधिको चार दिने भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटको पनि कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।   





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १३:१९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया