सुदूरपश्चिममा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकार गठनको आह्वान गरेका छन् । उनले यही पुस २७ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । 

प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घ राज भट्टले जानकारी दिए । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १३:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया