प्रतिपक्षमा बस्नुपरे पनि कांग्रेस विचलित भएको छैन, प्रचण्डले गठबन्धन छाड्नुमा कांग्रेसकाे दोष छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन छाड्नुमा कांग्रेसकाे दोष नभएकाे दाबी गरेका छन् । 

बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले कांग्रेसले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कोसिस गरे पनि प्रचण्ड गठबन्धन छाडेर गएको बताए।

‘किन प्रचण्डले गठबन्धनलाई टुट्न दिनुभयो भन्नेबारे विश्लेषण हुँदै जालान्। तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन।’ प्रचण्डले गठबन्धन छाडेर जानु निर्वाचन दौरान गरिएका प्रतिबद्धताविपरीत भएकाे उनकाे भनाइ छ । 

उनले निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसार परिणाम ल्याउन नसके पनि सन्तोषजनक परिणाम आएको बताए। उनले अब आउने निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने बताए।

कांग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि प्रतिपक्षमा रहनुपर्ने परिवेश सिर्जना भएको भन्दै उनले यसले कांग्रेस विचलित नभएको बताए । उनले भने,'हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौं, अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। पार्टी संगठन विस्तारलगायत काम गर्छौं।’





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १५:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया