आफूलाई विश्वासको मत दिन नेपाललाई प्रचण्डकाे आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ ।   बुधबार सिंहदरबारस्थित माओवादी केन्द्रको दलको कार्यालयमा भएको भेटमा प्रचण्डले आफूलाई विश्वासको मत दिन नेपाललाई आग्रह गरे।

प्रधानमन्त्रीका प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई विश्वासको मत दिन आग्रह गरेका छन्। नेपालले त्यस विषयमा सकारात्मक रहेकाे, तर विश्वासिलाे आधार चाहिने बताएका थिए । 

एकीकृत समाजवादी दाहाललाई विश्वासको मत दिने वा नदिने विषयमा अन्याेलमा छ। विगतमा निकट सम्बन्धमा रहेको भए पनि प्रचण्डले अकस्मात् अर्को गठबन्धन बनाए प्रधानमन्त्री बनेपछि नेपाल उनीसँग असन्तुष्ट छन् । 

एकीकृत समाजवादीकाे मंगलबार सकिएको पोलिटब्युरो बैठकले सरकारका सन्दर्भमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ।





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १५:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया