वर्तमान सत्ता गठबन्धन अवसरवादी गठबन्धन हाे, यसकाे आयु छोटिने सम्भावना छ : नेपाली कांग्रेस

नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन अवसरवादी गठबन्धन भएकाले यसकाे आयु छोटिने सम्भावना रहेकाे बताएकाे छ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बुधबार पत्रकार सम्मेलन गर्दै गठबन्धनको आयु छोटिने सम्भावना देखेकाे बताए ।

'अहिलेको गठबन्धन अवसरवादी हो । राजावादी, संविधानविरोधी, संघीयताविरोधी विभिन्न रूपको पार्टी मिलेर गठबन्धन बनेको छ, उनले भने, 'त्यहाँ पद मात्र छ । पदको भागवण्डा मिलेको छैन । यो विशुद्ध पदपूर्ति गर्ने गठबन्धन हो ।'

नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको, तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताए । आफूहरूले वैकल्पिक समर्थन जुटाएर सरकार बनाउने प्रयास भने नगरेको उनको भनाइ थियो ।

नेपाली कांग्रेस अहिलेको परिस्थितिबाट विचलित नभएको बताउँदै महतले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने पनि बताए ।





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १५:५७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया