कांग्रेसले भन्यो - अहिलेको सत्ता गठबन्धन अवसरवादी हो

नेपाली कांग्रेसले गत मंसिर ४ मा भएको चुनावबाट पहिलो पार्टी बनेपनि सरकार आफ्नो नेतृत्वमा गठन गर्न नसकेपछि पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो । 

उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाएका छन् । गठबन्धनभित्र पदहरू मात्रै भएको तर भागवण्डा नमिलेको उनको भनाइ छ । 

उनले अहिलेको गठबन्धन अवसरवादी भएको र त्यसमा भागवण्डा मिल्न नसकेको बताए । प्रवक्ता महतले गठबन्धनको आयु छोटिने सम्भवानारहेको समेत बताए । उनले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए ।  





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १६:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया