निलम्बित डिएसपी ठगबहादुर केसीमाथि छानबिन सुरु
फरकधार / २० पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

निलम्बनमा परेका डिएसपी ठगबहादुर केसीमाथि छानविन सुरु भएको छ। व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा केसी निलम्बनमा परेका हुन् ।



इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डिएसपी केसीले व्यापारीको सुन र रकम गायब गरिदिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो। एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले बुटवल पुगेर घटनाको अनुसन्धान सुरु गरेको हो।



उजुरीपछि केसीलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले खापुङको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनपछि केसीमाथि थप कारबाही अगाडि बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।









  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १७:३९:४२,   अन्तिम अपडेट : पुस २०, २०७९ बुधबार १८:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया