इन्डोनेसिया भ्रमणमा बालेन दम्पती
फरकधार / २० पुस, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भ्रमणका लागि इन्डोनेसिया गएका छन्। 



मंगलबार उनी श्रीमतीसँग भ्रमणका लागि इन्डोनेसिया गएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

हिजो मंगलबार बेलुका उनी आफ्नी श्रीमतीसँगै व्यक्तिगत भ्रमणका लागि इन्डोनेसिया गएको र पुस २५ गते फर्कने शाहले बताए । 



काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण हो।



उक्त भ्रमण बालेनको पारिवारिक भ्रमण भएको उनको सचिवालयले बताएको छ।

  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार २०:२१:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया