थ्रेसहोल्ड पार गरेको भए, न हेलिकोप्टर पाइन्थ्यो न हवाइजहाज पाइन्थ्यो : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्विकारेका छन् । 

युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सिर्जना नगरेको उनले बताए । 

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्नुमा आफूहरुकै कमजोरी रहेको बताउँदै उनले थ्रेस होल्ड कटाएकै आधारमा अतिरिक्त कुनै सुविधा नपाइने बताए ।

‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकोप्टर दिन्थ्यो कि हवाइजहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ अध्यक्ष नेपालले भने,  ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि !’

अध्यक्ष नेपालले सांसदहरुलाई पार्टीको ह्विप लाग्ने चेतावनीसमेत दिए । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार २०:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया