सत्तारुढ दलहरूले शुक्रबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने

सत्ता साझेदार दलहरूको बालुवाटारमा बसेको अनौपचारिक बैठकले आगामी शुक्रबार सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री रवि लामिछानले न्यूनतम साझा कार्यक्रमको लेखनको काम बिहीबारसम्म टुंग्याउने र पर्सि शुक्रबार सार्वजनिक गर्ने सहमति भएको बताए । 

आफूहरूले निर्देशन मात्रै दिएर चर्चा कमाउन नखोजेको भन्दै उनले योजनाबद्ध रूपमा विज्ञसँग समेत छलफल गरिरहेको बताए। विभिन्न ठाउँमा नागरिकले पाइरहेका दुःख र कष्टलाई समेटर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने उनको दाबी छ।

यही पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ। 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार २१:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया