विश्व विजेता अर्जेन्टिना फुटबल टिमका कप्तान लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले खेलकुदको विशिष्ट सम्मान गार्ड अफ अनर प्रदान गरेको छ ।
घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा खेलाडीले उभिएर मेस्सीलाई सम्मान प्रकट गरेका थिए । खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरे । पिएसजीका सहकर्मी खेलाडी तथा फ्रेन्च फरर्वाड केलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित थिए ।
विश्वकपपछि पहिलोपटक मेस्सीले बुधबारदेखि प्रशिक्षणमा फर्किएका छन् । विश्वकपको फाइनलपछि १७ दिनको छुट्टी मनाएर उनी क्लबमा हाजिर भएका छन् ।
कीर्तिमानी ७ पटकका बालोन डिओर विजेता मेस्सी कप्तानीको अर्जेन्टिनाले १८ डिसेम्बरमा फ्रान्सलाई हराउँदै विश्वकप जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।