पठाओ मोटरसाइकल दुर्घटनामा कलाकार सन्ध्या खड्का घाइते

कलाकार सन्ध्या खड्का पठाओ मोटरसाइकल दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किँदै गर्दा उनी सवार मोटरसाइकल बबरमहलस्थित मुख्य सडकमा कारसँग ठोक्किँदा दुर्घटनामा परेको हो । 

दुघर्टनाबाट उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । कलाकार उत्तम केसीका अनुसार खड्काको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

‘खड्का अहिले खतरा मुक्त त रहेकी छन् । टाउकोमा २५ टाँका लगाइएको छ । शरीरका अन्य विभिन्न भागमा चोट छन्,’ केसीले भने । ‘सोच’, ‘रुमालै छ चिनो’ लगायत चलचित्रका साथै सन्ध्याले ‘जात’, ‘उल्टो सुल्टो’,  ‘नारी’, ‘सन्ध्या’, ‘ठिकै छ,’ लगायत दजैनौँ टेलिसिरियलमा अभिनय गरेकी छन् ।  





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार ८:४७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया