सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने तयारी

सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिने तयारी गरेका छन् । बुधबार बसेको गठबन्धनको बैठकमा न्यूनतम साझा कार्यक्रमलाई आज पूर्णता दिने विषयमा छलफल भएको थियो । 

भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई बिहीबारसम्म अन्तिम रूप दिने सहमति भएको उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

उनका अनुसार बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारे पनि छलफल भएको थियो । भागबन्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा भने कुनै छलफल नभएको गृहमन्त्री लामिछानेले बताए । 

‘बाहिर-बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन । यो कहाँबाट आयो हामीलाई थाहा छैन, त्यसतर्फ जाने कुनै तयारी पनि छैन,’ उनले बुधबारको बैठकपछि सञ्चारकर्मीसँग भनेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिनेछन् । उनले विश्वासको मत लिनुअघि नै सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको हो । 

सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको समिति सदस्यमा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजक, माओवादीको तर्फबाट वर्षमान पुन अनन्त, राप्रपाबाट डा. धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. मुकुल ढकाल सदस्य रहेका छन् ।  





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार ९:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया