सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य पुन: उकालो लागेको छ । आज छापावाल सुन तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय रूपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।