बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य भट्टराईले राजीनामा दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।