पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन दिएका छन्। 

उनले पेट्रोलियम पदार्थको मूल्य घटाउन उद्योग वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। 

प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवलाई निर्देशन दिएका हुन्। 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यस बमोजिम नै मूल्य समायोजना गर्न भनेको हो। 

आमजनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल, हवाइ इन्धनमा मूल्य कटौती गर्न निर्देशन दिएको संयोजक शर्माले बताए।





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १५:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया