लोकतान्त्रिक समाजादी पार्टी (लोसपा) मधेस प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको नेता चयनका लागि लोसपाले शुक्रबारका लागि बैठक बोलाएको हो ।
लोसपाको प्रदेश सभामा नौजना प्रदेश सभा सदस्य छन् । संसदीय दलको बैठकबाट नेता चयन गर्ने तयारी भइरहेको हो । बैठकबाट सकेसम्म सर्वसम्मत नेता चयन गर्ने, सहमति नभएमा मात्रै निर्वाचन प्रक्रियामा जाने सो पार्टीको तयारी छ ।
लोसपाका कार्यकारिणी सदस्य एवं प्रदेश सभा सदस्य जितेन्द्र सोनल दलको नेताका लागि सर्वाधिक सम्भावित व्यक्ति हुन् । यसअघि पनि उनी नै संसदीय दलका नेता रहेकाले फेरि उनको नाममा सहमति हुने सम्भावना छ ।
अहिलेसम्म नेता सोनलबाहेक अरु कसैले पनि संसदीय दलको नेता हुने दाबी नगरेकाले पनि सोनलको सम्भावना देखिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।