मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका कार्की

हास्य कलाकार जितु नेपालले कमेडी सो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन सुरु गर्न लागेका छन् । नयाँ सिजनका लागि अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहने भएकी छन् । 

सोको नयाँ अध्यक्षमा प्रियंका फाइनल भएको कलाकार नेपालले बताएका छन् । यसअघि सोको सुरुको सिजनमा दीपाश्री निरौला र दोस्रो सिजनमा करिश्मा मानन्धर अध्यक्षको भूमिकामा थिए । 

अब सुरु हुने सोमा केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् ।

माघबाट सुरु हुने सोको कार्यक्रम संयोजकमा सुमन गिरी भाञ्जा रहनेछन् । ५२ भाग प्रसारण हुने सोका लागि अहिले सेट डिजाइन कार्य भइरहेको छ । 





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १६:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया