जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ श्रीवेणीमा दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

जुम्ला प्रहरीका अनुसार जुम्ला बसपार्कबाट रारा लिहीतर्फ जाँदै गरेको क१स ११ नम्बरको अटो अनियन्त्रित भई तिला नदीमा खस्दा तातोपानी–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २० वर्षीया आकाश थापाको मृत्यु भएको हो।

त्यस्तै, जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार पुरन सार्कीको घटनास्थलमै मृत्यु भएको थियो । आकाश थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटना भएको अटो तिला ३ को श्रीवेणीस्थित कर्णाली राजमार्ग बाट १५ मिटर तल नदीमा खसेको छ ।





  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १८:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया