भारतविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा पनि श्रीलंकन टोलीका कप्तान दासुन शानकाले आक्रामक पारी खेले । उनले २२ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा अविजित ५६ रन बनाए ।
शानकाले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गर्दै २० बलमै अर्धशतक बनाएका थिए । योसँगै उनले भारतविरुद्ध इतिहास रचे । उनले टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने श्रीलंकन ब्याटर बन्दै इतिहास रचेका हुन् ।
यसअघि यो उपलब्धि पूर्वकप्तानद्वय महेला जयवर्धने र कुमार संगकाराकाे नाममा थियाे । जयवर्धनेले सन् २००७ मा केन्याविरुद्ध २१ बलमा अर्धशतक बनाउँदै इतिहास रचेका थिए ।
उनको सो रेकर्ड अर्का पूर्वकप्तान कुमार संगकाराले सन् २००९ मा बराबरी गरे । उनले भारतविरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।