दक्षिण कोरियाले गर्‍यो भिसा शुल्क वृद्धि

दक्षिण कोरियाले रोजगारी वा अध्ययनका लागि जानेको हकमा भिसा शुल्क वृद्धि गरेको छ । नेपालस्थित दक्षिण कोरियाली दूतावासका अनुसार यही १ जनवरीदेखि लागू हुने गरी भिसा शुल्कमा ६ सय रुपैयाँ वृद्धि गरिएको हो । 

दक्षिण कोरियामा ९० दिनभन्दा बढी समय बस्ने गरी जाने सबैको हकमा ६ सय रुपैयाँ बढेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले जनाएको छ ।

पहिले ७ हजार २ सय रुपैयाँ शुल्क लिँदै आएकोमा अहिले बढेर ७ हजार ८ सय रुपैयाँ पुगेको छ ।    





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार ९:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया