सार्वजनिक यातायात सुरक्षित गर्न प्रधानमन्त्रीको आग्रह

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत उनले मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेलाई स्वास्थ्य लाभको कामना हुन् ।

साथै प्रचण्डले सार्वजनिक यातायात सुरक्षित बनाउन भूमिका खेल्न पनि सबैमा आग्रह गरेका छन् । ‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपिल गर्दछु,’ प्रचण्डले भने सामाजिक सञ्जालमा भनेका छन् ।
 
दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खुसार्ने गाउँका मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका छन् ।  





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १०:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया