विमानस्थल भन्सारले लिलामी बिक्रीमा राख्यो जफत गरिएका मोबाइल
फाइल तस्बिर

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका मोबाइल लिलामी बिक्रीमा राखेको छ । यात्रु जाँचपासका क्रममा अवैध ल्याइएको भनेर जफत गरिएका १५१ वटा मोबाइल फोनहरु लिलामी बिक्रीमा राखिएको छ । 

लिलामी बिक्रीका लागि राखिएका ती सबै १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ ।

विमानस्थलले नियन्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता सामान भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ ।  





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १३:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया