रमेश लेखक भन्छन् - कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौँ,  आन्तरिक तयारीमा छौँ

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे संघीय संसद भवन बानेश्वरमा आयोजित सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले आफूहरू आन्तरिक तयारीमा रहेको बताएका छन् । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, हामी पार्टीलाई नयाँ संसदमा एकतावद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौं।’





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १५:४५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया