नीति र विधि मिल्ने पार्टीसँग एकता गर्छौँ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने बताएका छन् । संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले विषय मिल्ने दलसँग मोर्चासमेत बनाएर अघि बढ्ने जानकारी दिए ।

‘पहिले जनता समाजवादी पार्टी नेपालसँग वार्ताको प्रक्रिया आरम्भ गर्नेछौँ, विषयवस्तुको बारेमा छलफल हुनेछ, त्यसपछि सहकार्यका प्रक्रियादेखि पार्टी एकताको प्रक्रियासम्म कुराकानी हुनेछ । अन्य दलसँग पनि विभिन्न तवरमा कुरा हुनेछ,’ नेपालले भने ।

आफूहरू पार्टी निर्माण गर्ने, सुदृढीकरण गर्ने र विस्तार गर्ने राष्ट्रिय अभियानमा जुटेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले जनताका मुद्दा उठान गर्नेमा केन्द्रित हुने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिने सम्बन्धमा एकीकृत समाजवादी पार्टीको धारणा के हो भन्ने जिज्ञासामा उनले व्यक्तिगतरूपमा प्रधानमन्त्री प्रचण्डप्रति सकारात्मक धारणा रहेको उल्लेख गर्दै विश्वासको मत दिने सन्दर्भमा सरकार कुन ढङ्गले अघि बढ्छ त्यो हेरेर टुङ्गो लगाउने बताए ।

गत ४ मंसिर सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही २५ पुसदेखि प्रारम्भ हुँदैछ । २६ पुसमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिने छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १९:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया