सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम : पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउन गठन गरेको कार्यदलले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कार्यदलले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन), अर्थात् २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरेको छ ।

‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ,’ साझा कार्यक्रममा लेखिएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रतिवेदन शनिबार सत्ता साझेदार दलका शीर्ष नेतालाई बुझाइने छ ।  





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार २२:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया